
काठमाडौं । आज आइतबारदेखि लामो तथा छोटो दूरीका सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको छ ।
दशैंको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दूरीका सवारीसाधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको गृह मन्त्रालयले जनाएको छ ।
यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित सवारी साधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरुको समन्वयमा हुनेछ ।
काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य–मुख्य नाकामा सवारी साधनहरुको परीक्षणक व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।
यात्रुको बीमा गरिएको हुनुपर्ने, लामो दूरीका सवारी साधनमा दुई जना चालक अनिवार्य राख्नुपर्ने, सवारी साधनमा सरोकारवालाको फोन नम्बर यात्रुले देख्ने गरी राख्नुपर्ने, टाइम कार्ड पालना गर्नुपर्ने र गाडीमा झुण्डिएर र छतमा बसेर यात्रा गर्न नपाइने गृह मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्