
काठमाडौँ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आजदेखि अवकाश लिदैछन् ।
सर्वोच्चका प्रवक्ता विमल पौडेलले उमेरहदका कारण असोज १६ गते अनिवार्य अवकाश पाउन लागेका कार्कीलाई आज सर्वोच्च अदालतमा औपचारिक कार्यक्रम गरी विदाइ गरिने जानकारी दिनुभयाे ।
उहाँका अनुसार कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई विदाइ गर्न आज तीन बजे कार्यक्रमको आयोजना गरिएको छ ।
भोलिदेखि सर्वोच्च अदालत बन्द हुने भएका कारण आज दिउँसो तीन बजे उहाँको बिदाई गरिने सर्वोच्चले जनाएकाे छ । गत फागुन १ देखि कार्कीले कायममुकायम प्रधानन्यायाधीशको रुपमा काम गर्दै आउनु भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्