१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हिन्दी ‘प्रेमगीत ३’ भोलि नेपालमा रिलिज हुँदै


6.994k
Shares

काठमाडौं । प्रदर्शनको क्रममा रहेको इन्डो – नेपाली चलचित्र ‘प्रेमगीत ३’को हिन्दी भर्सन नेपालमा सोमबार (भोलि)देखि रिलिज हुने भएको छ ।

गत शुक्रबार देखि विश्वभर एकसाथ प्रदर्शन हुन भएको प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा भने शुक्रबार रिलिज हुन सकेको थिएन । प्राविधिक कारणले चलचित्रको हिन्दी भर्सन रिलिज गर्न नसकेको चलचित्र निर्माण टिमले बताएका थिए ।

आरोप/प्रत्यारोपमा अल्झिएको ‘प्रेमगीत ३’को हिन्दी भर्सन अन्तत : सोमबार देखि रिलिज हुने भएको छ । सञ्चार मन्त्रालयको निर्देशन र कर चुक्ता लगायतको प्रक्रिया पूरा गरेपछि चलचित्र विकास बोर्डले फिल्मलाई सेन्सर सिफारिस गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हिन्दी भर्सनलाई पनि नेपाली फिल्मकै मान्यता दिएपछि चलचित्रले नेपाली चलचित्र सरह सेवा सुविधा पाउने भएको छ । साथै चलचित्रले १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन ।

प्रर्दशनको क्रममा रहेको चलचित्रले पहिलो दिन विश्व बजारमा ७ करोड ७५ लाख बढी कमाइ गरेको छ । प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिषा राउतलगायतको अभिनय रहेको चलचित्रलाई सन्तोष सेन र चेतन गुरुङले संयुक्त निर्देशन गरेका हुन्।

पहिलो पटक भारतीय वितकरले हिन्दी डबसहित विश्वबजारमा प्रदर्शनमा ल्याएको यो पहिलो चलचित्र हो ।