
काठमाडाैं । पर्सिदेखि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश हुनुहुने भएको छ ।
सर्वाेच्च अदालत स्राेतका अनुसार मंगलबारबाट तीर्थाटनका लागि कामु प्रधानन्यायाधीश दीपककुमार कार्की भारत जाने भएपछि हरिकृष्ण कामु प्रधानन्यायाधीश बन्न लाग्नुभएकाे हाे ।
आगामी असोज १६ गतेदेखि ६५ वर्षको उमेर हदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछि कामु प्रधानन्यायाधीशको हैसियतमा न्यायालयको नेतृत्व हरिकृष्ण कार्कीले गर्नु हुनेछ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि गत फागुन १ गते संसदमा महाभियोगको प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको नेतृत्वमा चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्