
रौतहट । रौतहटको बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार यादवमाथि विद्यार्थीहरुले आक्रमणको प्रयास गरेका छन् ।
शैक्षिक भ्रमणका लागि बजेट नदिएको भन्दै नगर प्रमुख यादवमाथि विद्यार्थीहरुले आक्रमणको प्रयास गरेका हुन् ।
प्रहरीले नगर प्रमुखलाई सुरक्षा दिँदा प्रहरी र विद्यार्थीबीच पनि झडप भएको थियो ।
नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक सुनिल कुमार यादवसहित एक जवान र सशस्त्र प्रहरीका तीनजना घाइते भएको रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढाथोकीले जानकारी दिनुभयाे ।
उनका अनुसार झडपमा पाँचजना प्रहरी र दर्जनौँ विद्यार्थी घाइते भएका छन् । प्रहरीले सात राउन्ड अश्रुग्याँस प्रहार गरेर स्थित नियन्त्रणमा लिएको छ ।
आइतबार दिउँसाे नगरपालिकाको प्राङ्गणमा शंकर मावि र आधारभुत विद्यालय छोटी भन्सारका विद्याथीहरूले उहाँमाथि आक्रमण गर्ने प्रयास गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्