१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाली चलचित्र जगतमा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थप्याे: अध्यक्ष प्रचण्ड


2.964k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाली चलचित्र जगतमा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थपेको बताउनुभएको छ ।

आइतबार साँझ चितवनकाे नारायणगढस्थित इन्द्रदेव चलचित्र भवनमा ‘प्रेमगीत ३’ चलचित्र हेरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । ‘प्रेमगीत ३’ चलचित्र हेर्न लायक भएकाे उहाँले तर्क गर्नुभएकाे छ ।

उहाँले नेपालीले बनाएको याे चलचित्र सबैतिर प्रचार भएको समेत बताउनुभयाे । उहाँले यसले नेपाली चलचित्र क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

अध्यक्ष प्रचण्ड आइतबार ६ः०९ बजेको शो हेर्न चलचित्र भवन पुग्नु भएको थियो ।