१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोइराला पक्षको छुट्टै भेला ठमेलकाे एक होटलमा जारी


351
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाकाे समूहले सोमबार पनि भेला गरिरहेको छ ।

सोमबार काठमाडौंकाे ठमेलस्थित होटल यात्रीमा आयोजित भेलामा कोइराला समूहका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको छ । तर साेही समूहका पदाधिकारी र पूर्व पदाधिकारीहरू भने भेलामा सहभागी भएका छैनन् ।

समानुपातिक सूचीमा संस्थापन पक्षले एकलौटी निर्णय गरेपछि विद्रोहमा उत्रिएको कोइराला पक्षले थप दवाव बढाउन सोमबार पुनः भेला गरेको हो । सोमबारको भेलाबाट दवाबका योजनाबद्ध कार्यक्रम ल्याउने दावी भेलाका सहभागीहरूले गरेका छन् ।

कोइराला समूहले समानुपातिकको बन्द सूची सच्याउने र प्रत्यक्षतर्फ ४० प्रतिशत सिट नछुट्याए हरेक निर्वाचन क्षेत्रमा विद्रोही उम्मेदवार खडा गर्ने चेतावनी समेत दिएको छ ।