१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चट्याङ लागेर बालकको मृत्यु


117
Shares

पर्सा । चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

आज बिहान वर्षासँगै खसेको चट्याङले वीरगञ्ज महानगरपलिका – २ छपकैयाका राम प्रसाद उपाध्यायका छोरा १५ वर्षीय सिद्धान्त उपाध्यायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

छपकैया ईदगाह चोक स्थित छठ घाट पोखरी नजिक चौरमा क्रिकेट खेलिरहेकाे अवस्थामा सिद्धान्तकाे चट्याङ लागेर ज्यान गएकाे हाे । त्यस्तै फुलनेसा खातुन र अर्जुन राउत घाइते भएका हुन् ।

घाइतेमध्ये अर्जुनको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि नेशनल मेडिकल कलेज लगिएको छ । सामान्य घाइते फुलनेसाको नारायणी अस्पतालमै उपचार भइरहेको छ ।