१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जमरा नराख्नेलाई निःशुल्क जमरा वितरण गरिने


468
Shares

काठमाडौं । बडा दशैँको अवसरमा राष्ट्रिय ज्योतिष विज्ञान सञ्जिवनी यज्ञशाला परिवारको आयोजनामा आज सामूहिक घटस्थापना र जमरा रोपन गरिएको छ ।

काठमाडौंको कागेश्वरी मनोहरा स्थित राष्ट्रिय ज्योतिष विज्ञान सञ्जिवनी यज्ञशालाको भवनमा सामूहिक घटस्थापना तथा जमरा रोपन गरिएको हो । एक कार्यक्रमकाबीच कागेश्वरी मनोहरा स्थित नवतनधामका महन्त १०८ पुरुषोत्तम महाराज, माता श्री राजराजेश्वरी, ज्योतिषाचार्य तिलक राज पौडेल लगायतका विभिन्न गुरु पुरोहितहरुले सामूहिक जमरा रोपन गरेका थिए ।

काठमाडौं उपत्यकामा घर नभएर डेरामा बसेका र विविध कारणले जमरा नराखेकाहरुलाई विजया दशमीका दिन सहज होस भनेर निःशुल्क वितरणका लागि सामूहिक घटस्थापना र जमरा रोपन गरिएको ज्योतिषाचार्य तिलकराज पौडेलले बताउनु भयो । आफूहरुले विगत २७ वर्षदेखि यस्तो कार्य गर्दे आइरहेको पौडेलले जानकारी दिनु भयो ।