
काठमाडौं । मुस्ताङस्थित कोरला नाका नखुल्दा यस पटक तिब्बतबाट च्याङ्ग्रा भित्रिन सकेका छैनन् । दशैंमा तिब्बतबाट च्याङ्ग्रा नआउँदा नेपालमा च्याङ्ग्राको मूल्य ह्वात्तै बढेको छ ।
मूल्य बृद्धिका कारण यस पटक च्याङ्ग्राको व्यापार पनि नभएको व्यापारीहरुले भनाइ छ ।
मूल्य चर्को परेपछि कतिपय पुराना व्यवसायी यसपालि च्याङ्ग्रा खरिद गर्नै नगएको पर्वतका व्यवसायी राजु पुनले बताउनुभयो ।
बर्सेनि भाउ महँगिदै जान थालेपछि च्याङ्ग्राको कारोबार पनि घट्दै गएको छ ।
ठूलो लगानी चाहिने हुँदा व्यवसायीमा पनि रुचि घट्दै गएको देखिन्छ । केही वर्षअघिसम्म बाग्लुङमा मात्रै दुई हजार बढी च्याङ्ग्रा भित्रिने गरेकामा अहिले केही सयमा सीमित हुन पुगेको छ । तिब्बतबाट च्याङ्ग्रा नआएपछि मुस्ताङबाट थोरै भए पनि च्याङ्ग्रा ल्याउन थालिएको छ ।
मुस्ताङका जोमसोम, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्ग्रा ल्याउन थालेका छन् ।
म्याग्दी, बागलुङ हुँदै पर्वत ल्याउन हप्ता दिनसम्म लाग्ने गर्दछ । मुस्ताङी च्याङ्ग्रा पोखरा हुँदै काठमाडौंंसम्म पुर्याउने गरिन्छ । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट र स्वस्थकर मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्