
Web Pic
काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ खापरथानमा सोमबार राति ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
खापरथानबाट जम्बुकाँधतर्फ जाँदै गरेको भे २ त ११७३ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय १७ वर्षीय केसेन्द्र नेपालीको मृत्यु भएको हो ।
ट्याक्टरबाट खस्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा नविन मेडिकल हलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर सहित चालकलाई इलाका प्रहरी कार्यालय दुल्लु दैलेखले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्