
काठमाडौं । कर्णाली प्रदेशको सेवा प्रवाहमा सबैलाई उछिन्दै जाजरकोट पहिलो भएको छ ।
सेवा प्रवाहमा कर्णाली प्रदेशका दश जिल्लाको मूल्याङ्कन गरिएकोमा जाजरकोट ६४.४ अंकसहित पहिलो भएको हो ।
३१ वटा सूचकमा आधारित अध्ययनबाट जाजरकोटको स्वास्थ्य सेवा कार्यालय कर्णालीकै पहिलो भएको छ ।
यसैगरी, दोस्रोमा कालिकोट, तेस्रोमा सुर्खेत, चौथोमा सल्यान, पाँचौँमा मुगु, छैटौँमा दैलेख, सातौँमा रुकुम पश्चिम, आठौँमा जुम्ला, नवौँमा हुम्ला र दशौँमा डोल्पा परेका छन् ।
सेवाप्रवाह, भौतिक प्रगति, वार्षिक प्रतिवेदन, बेरुजु फर्छ्यौट, प्रवर्द्धनात्मक कार्यहरू सूचकमा समेटिएका थिए ।
कार्यालय प्रमुखको प्रस्तुति, जिल्ला स्तरमा समीक्षा, जिल्लाको समग्र प्रदेशमा प्रस्तुति र भौगोलिक अवस्थालाई आधार मानेर मूल्याङ्कन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्