१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


४३ औं विश्व पर्यटन दिवसको अवसरमा प्रभातफेरी


13
Shares

काठमाडौं । विभिन्‍न कार्यक्रम गरी आज मंगलबार ४३ औँ विश्व पर्यटन दिवस मनाइँदैछ ।

सोही अवसरमा स्थलमा मार्ग भई नेपाल आएका विदेशी पर्यटकलाई सीमानाका बेलहियामा गृहमन्त्री बालकृष्ण खाँण, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली चौधरी र पर्यटन व्यवसायीहरुले स्वागत गरेका छन् ।

क्यानाडा, इजरायल, चीन र दिल्लीबाट आएका ५ पर्यटकलाई स्वागत गरिएको हो ।

दिवसको अवसरमा ठमेल पर्यटन विकास परिषद्ले विभिन्न बाजागाजासहित काठमाडौंमा प्रभातफेरी गरेको छ ।

काठमाडौंको त्रिदेवी मार्ग हुँदै क्षेत्रपार्टी, सोह्रखुट्टे लैनचौर हुँदै पुनः त्रिदेवीमार्गमा आएर समापन भएको हो ।

प्रभातफेरी कार्यक्रमपछि बोल्दै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले विभिन्न पर्यटनसँग सम्बन्धित संस्थाको व्यक्तिहरु भेला भएर विश्व पर्यटन दिवसको अवसरमा प्रभातफेरी गरेको बताउनुभयो ।