१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘पोन्नियन सेल्भान’मा कलाकारको पारिश्रमिक कति ?


1.313k
Shares

एजेन्सी । ‘पोन्नियिन सेल्भन’ (पिएस १) एक दक्षिण भारतीय फिल्म हो ।

अहिले भारतीय बक्स अफिसमा दक्षिण भारतीय चलचित्रले एक छत्र राज गरिरहेको छ । दक्षिण भारतीय चलचित्र निर्माताले पनि एकपछि अर्को उत्कृष्ट चलचित्र ल्याइरहेका छन् । दक्षिण भारतीय निर्देशक मणिरत्नमले धेरै सुपरहिट चलचित्रहरू बनाएका छन् । मणिरत्नम यतिबेला आफ्नो आगामी फिल्म ‘पोन्नियिन सेल्भान’ (पिएस १) लाई लिएर चर्चामा छन् ।

सेप्टेम्बर ३० देखि पान इन्डिया रिलिज हुन लागेको उक्त चलचित्र ५ सय करोड भारतीय रुपैयाँको लगानीमा बनेको छ । जसमा चियान विक्रम, ऐश्वर्या राई, त्रिशा, जयम रवि, कार्ती जस्ता कलाकारहरु एकसाथ देखिनेछन् । चलचित्र सन् १९५५ को कल्की कृष्णमूर्तिको उपन्यास ‘पोन्नियन सेल्वान’ मा आधारित छ । यती ठूलो बजेटमा बनेको यस चलचित्रमा हेरौं कसले कति पारिश्रमिक लिए ?

ऐश्वर्या राय

भारतीय अभिनेत्री ऐश्वर्या राय लामो समयपछि यो चलचित्रबाट पर्दामा कमब्याक गर्दै छिन् । चलचित्रमा ऐश्वर्याले रानी नन्दिनीको भूमिका निर्वाह गरेकी छन् । भारतीय सञ्चार माध्यमका अनुसार ऐश्वर्या ‘पीएस१’को लागि करिब १० करोड भारतीय रुपैयाँ लिएकी छन् ।

प्रकाश राज

दक्षिण भारतीय दिग्गज अभिनेता प्रकाश राज अनुभवी कलाकार हुन्। उनले बलिउडमा समेत आफ्नो पहिचान बनाएका छन् । प्रकाश राज यस चलचित्रमा सुन्दर चोलाको भूमिकामा देखिने छन् । उनले सुन्दर चोल भूमिकाको लागि करिब १ करोड भारतीया रुपैयाँ लिएका छन् ।

शोभिता धुलिपला

दक्षिण भारतीय चलचित्रकी चर्चित अभिनेत्री शोभिता धुलिपालाले यस चलचित्रमा राजकुमारी कुन्दवईको भूमिका निर्वाह गर्दैछिन् । पारिश्रमिकको कुरा गर्दा अभिनेत्री शोभिताले यो चलचित्रका लागि २ करोड ५० लाख भारतीय रुपैयाँ पारिश्रमिक लिएको सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

जयम रवि

अभिनेता जयम रवि पनि दक्षिण भारतीय चलचित्रमा सशक्त भूमिका निभाउनका लागि परिचित छन् । उनी यस चलचित्रमा महत्वपूर्ण भूमिकामा देखिने भएका छन् । तर, उनको भूमिकाको बारेमा भने जानकारी दिइएको छैन । उनले यो चलचित्रका लागि ८ करोड भारतीय रुपैयाँ लिएका छन् ।

चियान विक्रम

दक्षिण भारतीय कयौं सुपरहिट चलचित्रमा आफ्नो क्षमता प्रमाणित गरिसकेका चियान विक्रमले यो फिल्मका लागि सबैभन्दा धेरै पारिश्रमिक लिएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार यस चलचित्रमा उनले करिकालनको भूमिका निर्वाह गर्न करिब १२ करोड भारतीय रुपैयाँ लिएका छन् ।

कार्थी

यस चलचित्रमा अभिनेता कार्थी को प्रवेश निकै विशेष छ । यो चलचित्रमा उनी वल्वर रायन विन्दियादेवनको भूमिकामा देखिनेछन् । यसका लागि अभिनेता कार्थीले करिब ५ करोड भारतीय रुपैयाँ लिएका छन् ।