१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना


975
Shares

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणी भू-भागमा अवस्थित रहेको छ ।

आज (बुधबार) बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । साथै बाँकी भू-भागमा भने आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी प्रदेशमा भने आंशिक बदली हुने भएकाे छ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र बाँकी प्रदेशहरूका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।

बुधबार राति भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै, बाँकी प्रदेशहरूमा भने आंशिक बदलीदेखि मौसम सामान्यता सफा हुने भएकाे छ ।

त्यस्तै, प्रदेश-१, बागमती प्रदेश र बाँकी प्रदेशहरूका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।