१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको समूह बीच एकता घोषणा हुँदै


234
Shares

काठमाडौं । आज बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी र रवीन्द्र मिश्र नेतृत्वको समूहबीच एकता घोषणा हुँदैछ ।

आज दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा राप्रपासँग मिश्र नेतृत्वको ‘बृहत ध्रुवीकरण पक्षधर’ समूह बीच बीच आज एकता घोषणा हुन लागेको राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

मिश्रलाई राप्रपाले उपाध्यक्ष पद दिने बताइएको छ । तर, उपाध्यक्षहरुको बरियतामा उहाँ तेस्रो नम्बर रहने बताइएको छ ।

बीबीसीको जागिर छाडेर राजनीतिमा आउनु भएका मिश्रले २०७४ सालको चुनाव अघि साझा पार्टी गठन गर्नुभएको थियो भने पछि विवेशशील समूहसंग एकता गर्नुभएको थियो । तर पछिल्लो समय उहाँले संवैधानिक राजसंस्था, संघीयता खारेजी र हिन्दू–वौद्ध राष्ट्रको विचार अघि सार्नुभएको छ ।