
दीपक चालिसे
फ्रान्स । फ्रान्स बस्दै आएकी एक नेपाली युवतीले आत्महत्या गरेकी छन् ।
फ्रान्सको लाकुर्नोभ सहरमा बस्दै आएकी सर्लाहीकी २५ वर्षीय सानुमाया श्रेष्ठले आत्महत्या गरेकी हुन् ।
फ्रान्स प्रहरीका अनुसार उनले एक हप्ता अघि आफू बस्ने स्थान नजिकैको सल्लाको रूखमा झुन्डिएर आत्महत्या गरेकी हुन् । उनले फ्रान्समै बस्न शरणार्थीका रूपमा आवेदन दिएकी बताइएको छ ।
उनको राहदानी (पासपोर्ट) मा ठेगाना सर्लाही मात्र लेखिएको छ । बाँकी अन्य कुरा भने खुलाइएको छैन् ।
उनको शव भने स्थानीय अस्पतालमा नै राखिएको छ । उनको शव बुझ्न उनको परिवार र फ्रान्समा रहेका नेपालीहरूलाई स्थानीय प्रहरीले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्