
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ८ सय १८ जनाको नमूना परीक्षण गरिएको थियो ।
१ हजार २ सय ८४ जनाको पीसीआर र १ हजार ५ सय ३४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बुधबार ५२ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ हजार १ सय २२ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्