१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फियान आँधीका कारण अमेरिकाको फ्लोरिडा राज्य प्रभावित, हालसम्म दुईको मृत्यु

'हजारौं सर्वसाधारण सुरक्षित स्थानमा सारियो'

312
Shares

काठमाडौं । फियान आँधीका कारण अमेरिकाको फ्लोरिडा राज्य प्रभावित भएको छ ।

फ्लोरिडाको दक्षिण पश्चिम क्षेत्रमा २४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा चलेको आँधीले विभिन्न भौतिक संरचनामा क्षति पुर्‍याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आँधीबाट हालसम्म दुई जनाको मृत्यु भएको बताइएको छ । प्रभावितहरूको उद्धारका लागि सेना परिचालन गरिएको क्यानडाले जनाएको छ । आँधीका कारण क्यानडाका टक्र्स र काइकोस क्षेत्र सबैभन्दा बढी प्रभावित भएको समाचारमा उल्लेख छ ।

आँधीका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरूले जनाएका छन् । आँधीको पूर्व सूचना आएसँगै अधिकांश तटीय क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो । आँधीसँगै आएको वर्षाले सडकमा क्षति पुर्‍याएको छ ।

त्यसैगरी विद्युत तथा खानेपानी आपूर्तिमा पनि समस्या आएको बताइएको छ । सुमद्री तट नजिकै रहेका घरहरूमा छाल पसेर क्षति पुर्‍याएको छ । आँधीका कारण फ्लोरिडामा सडक अवरुद्ध भएसँगै हवाइ तथा स्थलगत यातायात सेवा पनि बन्द भएको छ ।

त्यसैगरी विद्यालय पनि बन्द गरिएको बताइएको छ । विद्यालय तथा सार्वजनिक भवनहरुमा ठूलो संख्यामा सर्वसाधारणलाई राखिएको छ ।