
काठमाडौं । पाकिस्तानले इंग्ल्याण्डविरुद्धको ७ खेलको टी-ट्वान्टी श्रृंखलामा ३–२ को अग्रता लिएको छ ।
पाकिस्तानको लाहोरमा बुधबार राति भएको पाँचौ खेलमा इंग्ल्याण्ड ६ रनले पराजित भयो । खेलमा पहिले ब्याटिङ गरेको घरेलु टोली पाकिस्तानले १९ ओभरमा अलआउट हुनुपूर्व १ सय ४५ रन बनायो । पाकिस्तानका लागि मोहम्मद रिजवानले ६३ रन जोड्दा बलिङतर्फ इंग्ल्याण्डका मार्क उडले ३ विकेट लिए ।
जवाफमा १ सय ४६ रनको मध्यम चुनौती पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन मात्रै बनाउन सक्यो । इंग्ल्याण्डका मोइन अलीले अविजित ५१ रन जोड्दा पाकिस्तानका हरिस राउफले २ विकेट लिए ।
जितसँगै पाकिस्तानले श्रृंखलामा २ खेल बाँकी छँदा ३–२ को अग्रता लिएको छ ।
श्रृंखलाको छैटौं तथा सातौं खेल यही शुक्रबार र आइतबार लामोरमै हुनेछ ।
प्रतिक्रिया दिनुहोस्