६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


पाकिस्तानमा गाेली लागेर चिनियाँ नागरिककाे मृत्यु


572
Shares

एजेन्सी । पाकिस्तानको कराँचीमा रहेको एउटा दन्त चिकित्सालयमा अज्ञात बन्दुकधारी समुहले गोली चलाउँदा एक चिनियाँ नागरिकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

चिनियाँ नागरिक लक्षित गरी हमला भएको पाकिस्तानी प्रहरीले जनाएको छ । बिरामीको भेषमा आक्रमणकारीहरु क्लिनिकमा प्रवेश गरेको बताइएको छ । घाइते हुनेमा एक महिला पनि छन् ।

पीडित सबै चिनियाँ नागरिक रहेका प्रहरीले पुष्टि गरेको छ । घाइते दुवै जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरुको पेटमा गोली लागेको छ । घटनाबारे अनुसन्धान गर्न सिन्ध प्रान्तका मुख्यमन्त्रीले निर्देशन दिएका छन् ।