
काठमाडौं, असार २ । एनसेलका ग्राहकले अब सहजै डेटा र भ्वाइस प्याकहरू लिनसक्ने भएका छन् ।
एनसेल प्रालिले खल्ती, प्रभु–पे र युनी–पेसँग सहकार्य गर्दै अब यी मोबाइल वालेट प्रयोगकर्ताले सहजै डेटा र भ्वाइस प्याक लिनसक्ने व्यवस्था गरेको हो ।
सुुरुआती चरणमा ग्राहकले यी वालेटमार्फत् वा वालेटसँग जोडिएको बैंक खाताबाट विभिन्न ६ वटा डेटा प्याक र ६ वटा भ्वाइस प्याक सुचारु गर्नसक्ने कम्पनीले जनाएको छ ।
एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तले डिजिटाइजेसन प्रक्रियाअन्तर्गत् ग्राहकमाझ सिधै सेवा प्रदान गर्न सक्षम भएको बताए ।
खुद्रा बिक्रेताले ग्राहकको आग्रहबमोजिम एसएमएस वा यूएसएसडीमार्फत् प्याकको कोड र ग्राहकको मोबाइल नम्बर एनसेललाई पठाएपछि छानिएको प्याक सिधै सम्बन्धित ग्राहकको नम्बरमा सुचारु हुने भएकोले अझै सहज हुने कम्पनीले जनाएको छ ।
डेटा सेवाको आवश्यकता अलि बढी रहेका ग्राहकले यी माध्यमबाट ९९८ रुपैयाँमा ३६,००० एमबी डेटा लिनसक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्