१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश-१ को नाम किराँत राख्न राई यायोक्खाकाे माग


39
Shares

विराटनगर । किराँत राई यायोक्खाले प्रदेश-१ को नाम किराँत प्रदेश राख्न माग गरेको छ ।

यायोक्खाको ११ औं महाधिवेशनको बन्द सत्रले प्रदेश-१ को नाम किराँत राख्न निर्णायक आन्दोलन गर्ने निर्णय समेत गरेको महासचिव भीम राईले बताउनुभएकाे हाे । साेही महाधिवेशनमा किराँत जातिको भाषा, संस्कृति, संस्कार र लिपिका विषयमा पनि छलफल भएको थियो ।

महाधिवेशनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि ल्याइने प्रतिवद्धता पत्रमा पनि किराँत प्रदेश नाम राख्ने प्रस्ताव ल्याउन राजनीतिक दलसँग यायोक्खाले माग गरेको छ । किराँत राई समूदायको मातृभाषामा पढाई हुँदै आएका पुस्तक किराँत सिरिजंगा लिपिमा परिणत गर्ने व्यवस्था गर्न समेत माग गरिएको छ ।

किराँत राई मातृ भाषाका रूपमा पठन-पाठन हुने विद्यालयमा विषय शिक्षकको व्यवस्था गर्नुपर्ने माग पनि ३ तहका सरकारसँग यायोक्खाले माग गरेकाे छ ।