१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागमतीमा टाईम कार्ड लागू


65
Shares

काठमाडौं । बागमती प्रदेशका प्रमुख राजमार्गमा टाइम कार्ड लागू गरिएको छ ।

चाडपर्वको बेला हुन सक्ने दुर्घटना न्यूनीकरणको उद्देश्यल प्रमुख राजमार्गहरुमा टाइम कार्ड लागू गरिएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालयले चाडपर्वका बेला सडकमा सवारी साधनको अत्याधिक चाप बढ्ने, तीव्र गतिमा सवारी साधन चलाउने र सवारी नियमको उल्घंनसमेत बढ्न गई दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले टाइम कार्ड लागु गरिएको जनाएको छ ।

बीपी राजमार्गस्थित भिमानदेखि नेपालथोक दुम्जासम्ममा पहिले देखिनै टाइम कार्ड लागू भएको छ । मकवानपुर, चितवन, धादिङ र काभ्रेका प्रमुख राजमार्गमा सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समितिको निर्णय गराई लागू गरिएको प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो ।

मुग्लिङ नारायणगढ खण्ड, पूर्व पश्चिम राजमार्गको चुरियामाई हेटौंडादेखि चितवनसम्म, पृथ्वी राजमार्गको खानीखोला धादिङदेखि मझिमटारसम्म, अरनिको राजमार्गको धुलिखेल दोलालघाटसम्म र वीपी राजमार्गको मंगलटारदेखि काभ्रेमञ्ज्याङसम्म पनि टाइम कार्ड लागू गरिएको छ ।

टाइम कार्ड लागू गरिएका राजमार्गमा निश्चित दूरी र समय मिलाई सवारी आवागमनको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।