७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


गुडिरहेको बसमा आगलागी


4.446k
Shares

खाेटाङ । खाेटाङमा गुडिरहेको बसमा आगलागी भएकाे छ । काठमाडौंबाट खोटाङको दिक्तेल जाँदै गरेको यात्रु वाहक बसमा आगलागी भएको हाे ।

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको राँगाकाटेमा पुगेपछि गुडिरहेको बा ३ ख ८९८१ नम्बरको बसमा शनिबार दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय खाेटाङले जनाएकाे छ ।

प्रहरीका अनुसार बसमा आगलागी भएपछि यात्रुहरूले भागेर ज्यान जोगाएका हुन् ।

आगलागीबाट दशैं-तिहार मनाउनका लागि ल्याइएका सामान तथा नगद जलेको छ । बसमा दशैं मनाउन घर फर्किएका करीब ४० यात्रु रहेको प्रहरीले बताएको छ।