२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेपाली सेनाले पनि टुँडिखेलमा फूलपाती पर्व मनायाे


182
Shares

काठमाडौं । नेपाली सेनाले आइतबार फूलपाती पर्वकाे हर्ष बढाइँ गरेको छ ।

टुँडिखेलमा सेनाले फूलपाती पर्वकाे अवसरमा फूलपाती बढाइँ गरेको हो । सेनाले हरेक वर्ष फूलपातीको दिनमा टुँडिखेलमा फूलपाती बढाइँ गर्दै आएको छ ।

फूलपाती बढाइँकाे समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र नेपाल सरकारका मन्त्री तथा सरकारका उच्च पदस्थ कर्मचारीको समेतकाे उपस्थिति रहेको थियो ।

सोही अवसरमा सेनाले राष्ट्रपति भण्डारीलाई सलामी अर्पण गरेको थियो । समारोहमा नेपाली सेनाको हेलिकाेप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विभिन्न कला कौशल पनि देखाइएको थियो ।