२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बराबरीमा रोकियो रियल मड्रिड


338
Shares

काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा ओसासुनासँग बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा रियल ओसासुनासँग १–१ को बराबरीमा रोकिएको हो ।

खेलको ४२ औं मिनेटमा भिनियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर, ५५ औं मिनेटमा किकेले गोल गर्दै ओसासुनालाई १–१ को बराबरीमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट गोल नभएपछि खेल १–१ को बराबरीमा सकिएको हो ।

खेलको ७८ औं मिनेटमा गार्सियाले रातो कार्ड पाएपछि ओसासुना १० खेलाडीमा समेटिएको थियो ।

यस बराबरीसँगै रियलले शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ । समान १९ अंक नै रहेपनि रियल गोल अन्तरमा बार्सिलोनासँग पछि परेको छ । ओसासुना १३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।