७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


कर्णालीमा दशैंमा ५० हजार खसी-बोका बिक्री, ६० करोड बढी आम्दानी


312
Shares

काठमाडौं । कर्णाली प्रदेशमा यो वर्षकाे दशैंका लागि ५० हजार खसी-बोका र भेडा-च्याङ्ग्रा निर्यात भएको छ ।

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशुपक्षी विकास निर्देशनालयले खसी-बोका र भेडा-च्याग्रा निर्यात हुँदा करिब ६० करोड भन्दा बढी भित्रिएको जनाएको छ । प्रदेशका ४ वटा नाका सुर्खेतको कर्णाली चिसापानी कुइने र हर्यै, सल्यानको कालिमाटी काल्चे तथा कपुरकोट नाकाबाट मासुका लागि खसी-बोका र भेडालगायत पशु निर्यात भइरहेका छन् ।

गत वर्ष ५० हजारको हाराहारीमा पशुचौपाय मासुको लागि निर्यात गरिएका थिए । दशैं र तिहारमा कर्णालीका विभिन्न जिल्लाबाट खसी-बोका र भेडा-च्याङग्रा देशका विभिन्न ठूला सहरमा निर्यात हुने गरेको छ । विगतका वर्ष भन्दा अहिले माथिल्लो कर्णालीका हिमाली जिल्ला जुम्ला, कालिकोट, हुम्ला, मुगु र डोल्पामा भेडा-च्याङ्ग्राको उत्पादन वृद्धि भएको देखिएको छ ।

कर्णाली प्रदेश खसीको मासुमा आत्मनिर्भर बनेको छ ।