८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


रुपन्देहीका विभिन्न ठाउँमा निर्वाचन कार्यालय स्थापना


52
Shares

काठमाडौं । रुपन्देहीका विभिन्न ठाउँमा निर्वाचन कार्यालयहरू स्थापना गरिएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन कार्यालयहरू स्थापना गरिएको हो । रुपन्देहीको क्षेत्र नम्बर १ को लागि देवदहको शितलनगरमा, क्षेत्र नम्बर २ को बुटवल उपमहानगरपालिकाको पुरानो भवनमा, क्षेत्र नम्बर ३ को भैरहवा बाल मन्दिरमा, क्षेत्र नम्बर ४ को कोटहीमाई गाउँपालिकाको कार्यालयमा र क्षेत्र नम्बर ५ को गैडहवा गाउँपालिकाको कार्यालयमा निर्वाचन कार्यालय स्थापना गरिएको निर्वाचन अधिकृत अयोध्याप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

रुपन्देहीको क्षेत्र नम्बर १, अन्तर्गत प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय देवदहमा स्थापना गरिएको सहायक निर्वाचन अधिकृत सिता घिमिरेले बताउनुभयो । यहि असोज २३ गते उम्मेदवारको मनोनयन हुने र २६ गते अन्तिम नामावली समेत प्रकाशन गरिने छ ।