
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले नटिङघम फरेस्टलाई हराएको छ ।
सोमबार राति भएको खेलमा लेस्टरले फरेस्टलाई ४–० ले हराएको हो ।
खेलको २५ औं मिनेटमा म्याडिसनले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा बर्नेसले गोल गर्दै लेस्टरको अग्रता दोब्बर बनाए । ३५ औं मिनेटमा म्याडिसनले गोल गर्दै लेस्टरलाई ३–० ले अघि बढाए । त्यसपछि ७३ औं मिनेटमा डाकाले गोल गर्दै लेस्टरलाई ४–० को जित दिलाए ।
८ खेलमा ४ अंक जोडेको लेस्टर १९ औं स्थानमा रहेको छ । यस्तै, फरेस्ट ४ अंक जोडेर पुछारमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्