१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ऋचा र अली विवाह बन्धनमा बाँधिए


5.928k
Shares

एजेन्सी । भारतीय नायिका ऋचा चड्डा र नायक अली फजल बिवाह बन्धनमा बाँधिएका छन् ।

उनीहरुले आफूहरु बिवाह बन्धनमा बाँधिएको फोटो सार्वजनिक गरेका छन् ।बी–टाउन (बलिउड)को सबैभन्दा मनमोहक जोडीको विवाहको पहिलो तस्विर सार्वजनिक भएपछि उनीहरुका प्रशंसक खुशी भएका छन् । भारतीय संचार माध्यमका अनुसार यो जोडीको लुक हेर्न निकै लायक देखिएको छ ।

बिवाहको तस्बीरमा अली आफ्नी प्रिय ऋचासँग शाही लुक्समा देखिएका छन् । दुबैको लुक्स हेर्दा उनीहरुले आफ्नो बिवाह मुस्लिम रितिरिवाज अनुसार गरेको जस्तो लाग्छ। ऋचाको विवाहको लुक्समा उनको झूमर सबैभन्दा बढी हाइलाइट गरिएको छ । मुस्लिम दुलहीहरूले विवाहमा आफ्नो टाउकोमा झूमर लगाउँछन् । विवाहपछि ऋचा र अलीले मुम्बईमा आफ्नो विवाहको रिसेप्शन आयोजना गर्ने छन् । दुबैको रिसेप्शनमा बलिउडका धेरै चर्चित सेलिब्रेटीहरु सहभागी हुन सक्ने भारतीय संचार माध्यमले जनाएका छन् ।