७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


महोत्तरीमा दैनिक २ सय बढी सवारीसाधन कारबाहीमा


65
Shares

महोत्तरी । जिल्ला ट्राफिक कार्यालय महोत्तरीले ट्राफिक नियम उल्लंघन गर्ने दैनिक २ सय भन्दा बढी सवारीसाधनलाई कारबाही गरेको छ ।

क्षमता भन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा चलाउने र यात्रुमाथि अभद्र व्यवहार गर्ने जस्ता सवारीसाधनलाई कारबाही गरिरहेको ट्राफिक कार्यालय महोत्तरीले जनाएको हाे । जिल्ला ट्राफिक कार्यालयका प्रमुख उदय सिजापतिका अनुसार यात्रुहरुको सहायताको लागि आधा दर्जन भन्दा बढी सहायता कक्ष समेत स्थापना गरिएको छ ।

विगतमा देखिएका समस्यालाई मध्यनजर गरी यात्रु सहायता कक्ष स्थापना गरिएको र यात्रु सहायता कक्षको स्थापनाले अलपत्र यात्रु तथा विविध समस्या सावधान हुने विश्वास प्रहरीको छ । ट्राफिक नियमको उल्लंघन गर्ने जोकोही पनि सजग रहने प्रमुख सिजापतिले यातायात व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

सहायता कक्ष जिल्लाका मुख्य राजमार्ग, हुलाकी सडक र भित्री सडकमा व्यवस्थापन गरिएको छ । जिल्लामा अहिले १० वटा ट्राफिक युनिट छन् । प्रमुख सिजापतिले जिल्लाका १० वटै युनिटलाई सक्रिय बनाएको बताउनुभयो । प्रत्येक युनिटले दैनिक ३ पटक भन्दा बढी छड्के चेकजाँच गरिरहेको जिल्ला ट्राफिक कार्यालय महोत्तरीले जनाएको छ ।