
काठमाडौं । सन् २०२९ मा हुने एसियन विन्टर गेम्स साउदी अरबमा हुने भएको छ ।
ओलम्पिक काउन्सिल अफ एसियाले २०२९ को विन्टर एसियन गेम्स साउदीमा गर्ने निर्णय गरेको हो ।
साउदीको ट्रोजेनास्थित निओममा रहेको पर्वतीय रिसोर्टमा प्रतियोगिता संचालन हुनेछ ।
विन्टर एसियन गेम्स आयोजना हुने पर्वतीय रिसोर्ट आगामी २०२६ सम्म सम्पन्न हुनेछ ।
सरावत पहाडले घेरिएको यस क्षेत्रको तापक्रम चिसो रहेको छ । विन्टर खेलकुदको लागि वर्षभरीको गन्तव्य बनाउने साउदीले लक्ष्य राखेको छ ।
विन्टर ओलम्पिक आयोजनाका लागि त्यस स्थानमा आउटडोर स्की रिसोर्ट, मानव निर्मित ताजा पानीको ताल हुनेछ । जसलाई नवीकरणीय ऊर्जाद्वारा संचालित गर्ने योजना छ ।
पहाडमा प्राकृतिक हिउँ हुनेछ तर केही कृत्रिम हिउँ पनि प्रयोग गरिने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्