१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे बस्दै


195
Shares

काठमाडौं । पाँच दलीय गठबन्धनको बैठक सिट बाँडफाँटका लागि आज बुधबार पनि बस्दै छ । मंगलबार बसेको बैठक पनि निष्कर्षविहीन बनेपछि बुधबार पुनः बैठक बस्न लागेको हो ।

गठबन्धनले आगामी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँटका लागि बुधबार दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३३० वटै निर्वाचन क्षेत्रमा गठबन्धनका साझा उम्मेदवारी खडा गर्न पाँच दलबीच घनिभूत छलफल भइरहेको छ ।

सिट बाँडफाँटका लागि सत्तारूढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल गरेको असोज २० गते दुईमहिना पुग्दै छ । गएको साउन २० गते कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वका सिट बाँडफाँटका लागि कार्यदल गठन गरिएको थियो ।

साउन अन्तिमसम्म सिट बाँडफाँटको टुंगो लगाउने भनिएता पनि दुई महिना पुगिसक्दा पनि गठबन्धनले भागबन्डा मिलाउन सकेको छैन् ।