२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एमाले अध्यक्ष ओलीद्वारा बुबाकाे हातबाट टीका ग्रहण


637
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुबाकाे हातबाट बडा दशैंको टीका ग्रहण गर्नुभएको छ ।

झापाको दमकस्थित आफ्नै निवासमा रहनुभएका अध्यक्ष ओलीले विजया दशमीको दिन आज (बुधबार) बुबा मोहनप्रसाद ओली र ठूली आमा हरीमाया ओलीको हातबाट बडा दशैंको टीका ग्रहण गर्नुभएको हो । साथै उहाँले पत्नी राधिका शाक्य ओलीलाई पनि बडा दशैंको टीका लगाई दिनुभएको छ ।

सोही क्रममा ओलीले आफन्त र सर्वसाधारणलाई समेत टीका लगाई दिनुभएको छ । पार्टीका स्थानीय नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुकहरुलाई टीका र जमरालगाई आशिर्वावाद दिनुभएको हो ।

निर्वाचनको मुखमा केही दिनदेखि दमक रहनुभएका अध्यक्ष ओली आज बुधबार नै काठमाडौं फर्कने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ ।