९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


भारतमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जनाको मृत्यु, १५ घाइते


104
Shares

काठमाडौं । भारतमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ ।

भारतको उत्तराखण्डमा ६१ जना यात्रु सवार बस उत्तराखण्डको पाउरी गरवाल जिल्लामा दुर्घटनाग्रस्त हुँदा १५ जना घाइते भएका हुन् । २१ जनाको भने सकुशल उद्धार गरिएको छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दु:ख ब्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

साथै उहाँले घाइतेहरुको उपचारमा कमी आउन नदिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । खराब मौसमका कारण बस अनियन्त्रित भई दुर्घटना भएको अनुमान गरिएको छ ।

भारतमा कमजोर सडक संरचनाका कारण वर्षेनी हुने सडक दुर्घटनामा सयौंको मृत्यु हुने गरेको छ ।