१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नारायणगढ–मुग्लिन सडक अवरुद्ध


715
Shares

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

भरतपुर महानगरपालिका–२९ सत्र किलोमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आज बिहीबार बिहान ८ः२० बजे लेदोसहितको पहिरो खसी सडक दुईतर्फी सडक अवरुद्ध भएको कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।

सडक अवरुद्ध भएसँगै नारायणगढ–मुग्लिन सडक भएर चल्ने सवारी साधन र यात्रु बाटोमा अलपत्र परेका छन् । सडक अवरूद्ध भएपछि दुबै तर्फ सवारीको लामो लाइन लागेको छ ।

सडकमा खसेको पहिरो पन्छाउन सडक विभागसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ ।