१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


निरन्तरको वर्षाले टीका लगाउन र आशिर्वाद थाप्न जानेलाई समस्या


91
Shares

काठमाडौं । दशैंको टीका लगाउन र आशिर्वाद थाप्न मान्यजनका घरमा जान चाहनेहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् ।

विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा भएपछि टाढा टाढा आफन्तकहाँ नवदुर्गाको प्रसाद स्वरुप टीका, जमरा र आशिर्वाद लिन जाने समस्यामा परेका हुन् ।

राजधानीमा नजिक जान सकिए पनि राजधानी बाहिर सवारी साधन चढेर जानुपर्ने स्थानमा जान नसकिने अवस्था उत्पन्न भएको यात्रुहरु बताउँछन् । देशका अधिकांश स्थानमा वर्षा भइरहेकाले धेरै नदीमा बाढी आइरहेको जनाइएको छ । त्यस्तै कतिपय सडकहरु अवरूद्ध भएका छन् । कति नदीमा त बहाव खतराको बिन्दुमा पुगेको सूचना पनि सार्वजनिक भइरहेको छ ।

वर्षाका कारण बिहीबार सडकमा आशिर्वाद थाप्न जानेको चहलपहल देखिँदैन । वर्षाले गर्दा काठमाडौं उपत्यका बाहिर गएका मानिस विजयादशमीपछि राजधानी आउनेहरू पनि रोकिएका छन् ।