
Web Pic
काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित एकेडेमी मोडमा आज बिहीबार बिहानै स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
नारायणगोपाल चोकबाट शितल निवासतर्फ आउँदै गरेको बा ४२ प ३३१४ नम्बरको स्कुटर बिहान सवा ३ बजे दुर्घटना हुँदा स्कुटर चालक नुवाकोटको शिवपुरी गाउँपालिका–४ का २० वर्षीय आनन्द गुरुङको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, घाइते भएका स्कुटरमा पछाडी सवार दोलखा घर भएका २० वर्षीय सचिन तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ ।
स्कुटर अनियन्त्रित भइ सडक बीचमा रहेको ट्राफिक आइल्याण्डमा ठोक्किएको दुर्घटना भएको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्