
काठमाडौं । आज बडा दशैँ अन्तर्गत विजया दशमीको तेस्रो दिन, आफन्त तथा मान्यजनबाट टिका र जमरा ग्रहण गर्ने क्रम जारी छ ।
विजया दशमी अर्थात टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसादको रुपमा मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने चलन रहेको छ । विजयादशमीका दिन टिका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले कोजागत पूर्णिमासम्म टिका लगाउने परम्परा छ ।
पश्चिम नेपालका केही भागमा भने विजया दशमीको दिन मात्र टिका लगाउने प्रचलन छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दसै मनाइँदै आएको छ । यसपटकको दशैँमा वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरो गएका कारण जनजीवन भने प्रभावित बनेको छ ।
प्रतिक्रिया दिनुहोस्