
काठमाडौं । सत्ता गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) ले लुम्बिनी प्रदेशसभामा कुनै सिट पाएको छैन् । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशका ५२ निर्वाचन क्षेत्रमध्ये एकीकृत समाजवादीले टिकट वितरणमा कुनै सिट नपाएको हो ।
सत्तारूढ गठबन्धनको बैठकले केही सिट छाडेर देशभरका लागि प्रतिनिधि सभा र प्रदेश सभाको सिट बाँडफाँटमा सहमति गरेको छ । यसअनुसार लुम्बिनी प्रदेशसभा निर्वाचनमा एकीकृत समाजवादीको प्रतिनिधित्व नहुने भएको छ ।
सत्तारूढ गठबन्धनले निर्वाचनका लागि गरेको भागबन्डामा एकीकृत समाजवादीले लुम्बिनी प्रदेशसभाका ५२ सिटमध्ये एउटा पनि नपाउने भएको छ ।
यसैगरि लुम्बिनीमा प्रतिनिधि सभातर्फ २६ सिटमध्ये २५ सिटमा सहमति भएको छ । नेपाली कांग्रेसको भागमा १३, नेकपा (माओवादी केन्द्र) को भागमा ७ र एकीकृत समाजवादीको भाग ४ सिट परेको छ । त्यस्तै राष्ट्रिय जनमोर्चाले एक सिट पाएको छ । एक सिट भने खाली छाडिएको छ ।
प्रतिक्रिया दिनुहोस्