२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


एमालेका नेता बालकृष्ण ढुंगेलको निधन


1.807k
Shares

काठमाडौं । नेकपा (एमाले) का नेता एंव संविधानसभा सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ ।

शनिबार बिहान काठमाडौंकाे काँडाघारीस्थित आफ्नै निवासमा ढुंगेल मृत भेटिनुभएको हो । परिवारका अरू सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै हुनुहुन्थ्यो । नेकपा एमालेका नेता नानीबाबु बुढाथोकीका अनुसार घरकै बाथरुममा लडेर ढुंगेलको निधन भएको हो ।

यसअघि नेकपा माओवादीमा रहनुभएका ओखलढुंगाका ढुंगेल पहिलो संविधानसभाका सदस्यसमेत हुनुभएकाे थियाे।२०६४ सालको संविधानसभा निर्वाचनमा ढुंगेल ओखलढुंगाबाट निर्वाचित हुनुभएको थियो । ढुंगेल माओवादी सशस्त्र द्वन्द्वका क्रममा भएको उज्जन श्रेष्ठको हत्या आरोपमा ज्यान मुद्दामा दोषी ठहर हुनुभएको थियो ।

उक्त अभियोगमा ढुंगेल दुई पटक गरी करिब ७ वर्ष जेल समेत बस्नुभएको थियो ।