
एजेन्सी । भारतीय अभिनेता सलमान खानलाई मार्न दिल्ली प्रहरीको हिरासतमा रहेका अभियुक्तले एक नाबालकलाई सुपारी दिएको आरोपपछि प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
आरोपित मध्ये एक नाबालक रहेको खुलासा भएको हाे । सलमानलाई मार्ने जिम्मा उक्त नाबालकलाई दिइएको भारतीय सञ्चार माधयमले जनाएका छन् । सलमानको हत्याको लागि नाबालकलाई तालिम समेत दिइएको समाचारमा उल्लेख गरिएको छ ।
प्रहरीका अनुसार नाबालक उत्तर प्रदेशको फैजाबादका बासीन्दा हुन् । लरेन्स विष्णोई गिरोहले सलमानलाई मार्ने जिम्मा ३ जनालाई दिएको प्रहरीको सोधपुछमा नाबालकले बताएको हुन् । ३ जना मध्ये २ जनालाई प्रहरीले पक्राउ गरेको छ भने १ जना फरार रहेको छ । अहिले साेही घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।
गत जुनमा उनका बुबा सलिम खानलाई ज्यान मार्ने धम्कीसहितको चिठ्ठी प्राप्त भएको थियो । उक्त धम्कीपूर्ण पत्रमा उनलाई सिद्धु मुसेवाला जस्तै बनाइने लेखिएको थियो । गत मे २६ मा पञ्जाबी गायक सिद्धु मुसेवालाको गोली हानी हत्या गरिएको थियो ।
याे हत्याको पछाडि ग्याङ्स्टर लरेन्स विष्णोईको नाम आएको थियो । लरेन्सले सन् २०१८ मा सलमानलाई मार्ने धम्की दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्