२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


युक्रेनले गर्‍यो क्रिमियालाई रुससँग जोड्ने पुलमा बिस्फोट


5.629k
Shares

काठमाडौं । युक्रेनले क्रिमियालाई रुससँग जोड्ने पुलमा बिस्फोट गराएको छ ।

युक्रेनी सेनाले गरेको बिस्फोटका कारण उक्त पुलमा क्षति पुग्दा आवतजावत बन्द भएको थियो ।

सन् २०१४ मा युक्रेनबाट टुक्र्याएको उक्त क्षेत्रलाई जोड्ने पुल रुसका लागि रणनीतिक रुपमा महत्वपूर्ण मानिन्छ ।

बिस्फोट लगत्तै पुलमा रहेका तेलका ट्यांकरमा आगलागी भएको थियो । सो पुल रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा निर्माण भएको र सो पुल युक्रेनमा रुसी सैन्य सामग्री आपूर्ति गर्नका लागि रुसको प्रमुख मार्गको रुपमा प्रयोग गर्दै आइएको थियो ।

युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले पुलमा भएको बिस्फोटलाई ‘सुरुवात’ मात्र भन्दै अवैध रूपमा निर्माण गरिएका सबै संरचना भत्काइने बताउनुभयो ।