६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


साउथह्याम्पटनलाई हराउँदै म्यान्चेस्टर सिटी शिर्ष स्थानमा


559
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनलाई हराउँदै म्यान्चेस्टर सिटी शिर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीले साउथह्याम्प्टनलाई ४–० ले  हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।

सिटीको जितमा हुँवा क्यान्सेलो, फिल फोडेन, रियाद माहारेज र अर्लीङ ब्रट हाल्याण्डले एक एक गोल गरे ।

जितसँगै ९ खेलबाट २३ अंक जोडेको म्यान्चेस्टर सिटी प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको आर्सनल २१ अंकसहित दोस्रो स्थानमा छ ।

आर्सनलले आइतबार राति कठिन प्रतिद्धन्दी लिभरपुलसँग खेल्दैछ ।

शनिबार राति भएको अर्को खेलमा चेल्सीले वुल्भरह्याम्पटनलाई ३–० ले हराएको छ ।

चेल्सीका लागि काई हाभर्ट्ज, क्रिश्चियन पुलिसिक र अर्माण्डो ब्रोयाले एक एक गोल गरे ।

प्रिमियर लिगकै अन्य खेलहरूमा टोटनह्याम हट्सपरले ब्राइटनलाई १–० ले हराउँदा न्युकासल युनाइटेडले ब्रेण्टफोर्डमाथि ५–१ को तथा बर्नमाउथले लेष्टर सिटीमाथि २–१ को जित निकालेका छन् ।