१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चलचित्र ‘हाउसफुल ५’ बन्ने तयारीमा


2.522k
Shares

एजेन्सी । सफल बलिउड फ्रन्चाइजीमा हाउसफुल यसको अर्को भाग ‘हाउसफुल ५’ बन्ने भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार निर्देशक एवं निर्माता साजिद नाडियाडवालाले चलचित्रको स्क्रिप्टमा काम गरिरहेका छन् । साजिदको हाउसफुल फ्रेन्चाइजी अक्षय कुमारको जबरदस्त कमेडीका लागि परिचित छ । त्यसैले अक्षयका फ्यानहरू यस चलचित्रको अर्को भागलाई लिएर धेरै उत्साहित रहेको समाचारमा उल्लेख छ ।

चलचित्रको शीर्षक ‘हाउसफुल ५’ हुने निर्माण टिमले जनाएको छ ।

यो चलचित्रमा अक्षय कुमारका अलावा जोन अब्राहम, अभिषेक बच्चन, रितेश देशमुख र बबी देओलको पनि भूमिका रहने अनुमान गरिएको छ । उक्त चलचित्र आगामी वर्षको अन्त्यसम्ममा रिलिज हुनसक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यस चलचित्रको घोषणा साजिदले नोभेम्बर २६, २०१९ मा ‘हाउसफुल ४’ रिलिजको समयमा गरेका थिए । लामो समयदेखि चलचित्रको बारेमा कुनै अपडेट आएको थिएन तर, अब निर्माण पक्षले छिट्टै नै काम सुरु गर्ने तयारीमा रहेको छ ।

सन् २०१० मा अक्षय र साजिदले ‘हाउसफुल’ फ्रेन्चाइजी सुरु गरेका थिए । त्यतिबेला चलचित्रलाई निर्देशक साजिद खानले निर्देशन गरिरहेका थिए । त्यसपछि सन् २०१२ र २०१६ मा साजिद खानको निर्देशनमा ‘हाउसफुल २’ र हाउसफुल ३’ आयो जसलाई दर्शकले निकै मन पराएका थिए । सन् २०१९ मा ‘हाउसफुल ४’ आएको थियो, जसले आलोचनाको बावजुद बक्स अफिसमा राम्रो व्यापार गरेको थियो ।