
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङलेनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गर्नु भएको छ ।
लिङदेनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनु भएको हो । लिङदेन पार्टीका नेता कार्यकर्ता सहित मनोनयन दर्ता गर्न पुग्नु भएको थियो । लिङदेनलाई नेकपा एमालेले समेत समर्थन गरेको छ ।
सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्