
काठमाडौं । नेकपा एमालेका कार्यकर्ताहरुले जिल्ला कार्यालय मकवानपुरमा तालबन्दी गरेका छन् ।
एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई मकवानपुर क्षेत्र नम्बर एक बाट टिकट दिएको विरोधमा मकवानपुरका एमाले कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।
हेटौंडा उपमहानगरपालिका–५ स्थित पुष्पलाल पार्क नजिक रहेको पार्टी कार्यालयमा ताला लगाएर एमाले कार्यकर्ताले विरोध जनाएका हुन ।
एमाले मकवानपुरले क्षेत्र नम्बर १ मा एमालेको तर्फबाट केन्द्रिय सदस्य एवम जिल्ला ईन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेकोमा एमाले अध्यक्ष केपी ओलीले कमल थापालाई टिकट दिनुभएको हो ।
केन्द्रको निर्णयबारे मकवानपुरको एमाले नेतृत्व पनि चूपचाप बसेपछि कार्यकर्ता विरोधमा उत्रिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्