
काठमाडौं । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले पनि आ–आफ्ना निर्वाचन क्षेत्रमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भने पत्नी आरजु देउवामार्फत डडेल्धुरामा उम्मेदवारी दर्ता गराउनुभएको छ । देउवा २०४८ साल यता सातौं पटक उक्त क्षेत्रबाट उम्मेदवार बन्नुभएको हो ।
यस्तै, नेकपा (एमाले) अध्यक्ष केपी ओलीेले आफैं झापाको क्षेत्र नम्बर ५ को निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले गोरखाको क्षेत्र नम्बर २ को निर्वाचन कार्यालयमा आफैं पुगेर उम्मेदवारी दर्ता गराउनु भएको छ । प्रचण्डले डा. बाबुराम भट्टराइलाई लिएर उम्मेदवारी दर्ता गराउनु जानु भएको हो ।
त्यस्तै सप्तरी २ मा प्रतिनिधिसभा सदस्य पदका लागि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव उम्मेदवारी परेको छ । यादव २०७४ को चुनावमा सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पनि रौतहट पुगेर उम्मेदवारी दर्ता गराउँदै हुनुहुन्छ ।

यसैगरी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि आफैं झापाको क्षेत्र नम्बर ३ पुगेर उम्मेदवारी दर्ता गराउनु भएको छ भने राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौंको क्षेत्र नम्बर एकबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने उम्मेदवारी दर्ता लागि आफैं चितवनको क्षेत्र नम्बर २ को निर्वाचन कार्यालयमा पुग्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्