
काठमाडौं । हाल नेपालमा उत्तरपूर्वी राजस्थानको आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
आज (सोमबार) बिहान देशभर सामान्यदेखि पूर्ण रुपमा बदली रहेको छ । त्यस्तै, प्रदेश-१, लुम्बिनी, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार दिउँसो भने लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण रुपमा बदली हुनेछ । साथै बाँकी प्रदेशहरूमा भने आंशिकदेखि सामान्य बदली रहनेछ । त्यस्तै, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । सोमबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । त्यस्तै, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्